बैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त

0
Shares

काठमाडौं । बैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त भएका छन् ।

आज (बिहीबार) विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

यसअघि सूचना तथा सञ्चार, उद्योग वाणिज्य तथा आपूर्ति, योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अर्यालले काम गरेका थिए ।

उनले असार २ मा सचिवको पाँच वर्षे कार्यकालबाट अवकाश पाउँदै थिए । त्यसअघि नै सरकारले उनलाई मुख्यसचिव नियुक्त गरेको छ ।