आरोपितको पक्षमा बहस गर्ने अधिवक्ताहरूविरुद्ध नाराबाजी

0
Shares

काठमाडौं ।  नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको पक्षमा प्रतिरक्षा बहस गर्ने अधिवक्ताहरूविरुद्ध बुधबार नाराबाजी भएको छ ।

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्रतिवादीको पक्षमा बहस गर्ने वकिलहरूविरुद्ध नाराबाजी गरेको हो । सो प्रकरणका आरोपितहरूको प्रतिरक्षा बहस चलिरहेको बेला जिल्ला अदालत, काठमाडौं परिसरमा उनीहरूले नाराबाजी गरेका हुन् ।

सो प्रकरणमा एमालेका नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खा“णसहित १८ जना पक्राउ परेका छन् । १३ प्रतिवादीको पक्षमा हालसम्म दर्जनौं वकिलहरूले बहस सकिसकेका छन् । नेता खाणको पक्षमा मात्रै १५ जनाले बहस गरेका थिए ।

अब इजलासमा आङ्टावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, टेकनाथ रिजाल र शमशेर मियातर्फका वकिलको बहस हुन बा“की छ ।