हेटौंडा ।
जुत्तामा लुकाइएको अवैध सुनसहित हेटौंडामा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेस्थित चेकपोष्टबाट करिब ५४ लाख ४८ हजार रुपियाँ बराबरको सुनसहित ती युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार बुधवार बिहान करिब ३ बजे प्रदेश २–०३–००१ ख ०१५९ नम्बर बस चेक गर्ने क्रममा बसका यात्री साहले जुत्ताभित्र लुकाइल्याएको उक्त रकम बराबरको ५६१.३० ग्राम सुन बरामद भएको हो । उनलाई पक्राउ गरिएको छ ।

साहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानुनी प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।
मंगलबार विहान करिब १०ः३० बजे हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टनजिक सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले सवारी चेक गर्ने क्रममा बीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख ६९२ नम्बर यात्रुबाहक बसको डिक्कीभित्र लुकाइल्याएको अवस्थामा अवैध सामान बरामद गरेको छ । साडी १ सय पिस, सल ६ सय पिस गरी करिब १ लाख ५ हजार मूल्यबराबरका अवैध कपडा बरामद गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइ थप अनुसन्धान भइरहेको छ ।











प्रतिक्रिया