नाइजेरियामा डुङ्गा पल्टिँदा १०० जनाको मृत्यु, सयौँ बेपत्ता



अबुजा । उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा एक सय जनाको मृत्यु भएको छ ।

उत्तरी नाइजेरियामा विवाह समारोहबाट फर्केका मानिस बोकेको डुङ्गा पल्टिँदा करिब १०० जनाको मृत्यु भएको हो भने सयौँ जना बेपत्ता भएका छन् ।

छिमेकी नाइजर राज्यको क्वारा राज्यको नाइजर नदीमा सोमबार बिहान डुङ्गा पल्टिएको प्रहरी प्रवक्ता ओकासान्मीले बताए ।

स्थानीय बासिन्दा उस्मान इब्राहिमका अनुसार पीडित महिला र बालबालिका नाइजर राज्यको एग्बोटी गाउँमा रातभर भएको विवाह समारोहबाट पार्किरहेका थिए ।

त्यसपछि डुङ्गा पल्टियो । डुंगामा एक सयभन्दा बढी मानिस सवार थिए । बिहान करिब ३ बजे दुर्घटना भएको र झन्डै दुई घन्टापछि मात्रै धेरैलाई थाहा भएको उनले बताए ।

अधिकारी र स्थानीयवासीले नदीमा अझै शव खोजिरहेका छन् । नाइजेरियाका धेरै दुर्गम समुदायहरूमा डुङ्गा दुर्घटनाहरू सामान्य छन् । जहाँ स्थानीय रूपमा बनाइएका डुङ्गाहरू प्रायः यातायातको लागि प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्