स्वास्थ्यचौकीमा १० हप्तासम्मको निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरू



रसुवा । जिल्लाको स्याफ्रुवेशी स्वास्थ्यचौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरू गरिएको छ । गोसाईंकुण्ड गाउँपालिका–५ मा रहेको उक्त स्वास्थ्यचौकीमा १० हप्तासम्म सुरक्षित गर्भपतन सेवा शुरू गरिएको हो ।

हिजो (बुधबार) गोसाईंकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङले उक्त सेवाको उदघाटन गर्नुभएको थियो ।

गर्भपतन सेवाका लागि आवश्यक पर्ने औषधि, उपकरण, सूचीकृत प्रमाणपत्र स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष दावा मिग्मार तामाङले स्वस्थ्यकर्मीलाई हस्तान्तरण गर्नुभयो । साथै उहाँले रिवन काटेर निःशुल्क गर्भवतन सेवाको शुभारम्भ गर्नुभएको छ ।

औषधिबाट गरिने १० हप्तासम्मको सुरक्षित गर्भपतन सेवा स्वास्थ्यचौकीबाट गोप्य तथा निःशुल्क प्रदान गरिने स्याफ्रुवेशी स्वास्थ्यचौकीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्