एलएनए दोहोरो उपाधिनजिक



काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी (एलएनए) प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो उपाधिनजिक पुगेको छ । एलएनए जुनियर ब्वाइज र सिनियर गल्र्स दुवैको फाइनलमा पुग्यो ।

तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइज सेमिफाइनलमा एलएनएले हिमरश्मीलाई २०–१३ ले पराजित ग¥यो । एलएनएको जितमा साहिल पुनले १४ अंक योगदान गरे । फाइनलमा एलएनएको भेट एन्जल्स हार्टसंग हुनेछ । अर्को सेमिफाइनलमा रुपेश पौडेलको ९ अंक सहयोगमा एन्जल्स हार्टले सिद्धार्थ मोडललाई २३–१४ ले हराएको थियो ।

सिनियर गल्र्समा मनमैजुस्थित घरेलु कोर्टमा एलएनएले ल्यान्डमार्कलाई २४–१९ ले पाखा लगायो । एलएनएकी सिमरन महर्जनले १४ अंक जोडिन् । उपाधिका लागि एलएनएले न्यु एरा विरुद्ध खेल्ने छ । न्यु एराले हिमरश्मीलाई १९–१२ ले पन्छायो । न्यु एराकी प्रनिशा श्रेष्ठले ८ स्कोर गरिन् । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्