श्रोत नखुलेको १५ लाख रुपैयाँसहित एक जना प्रहरीको नियन्त्रणमा



बारा।

जिल्लाको विश्रामपुर गाउँपालिका १ खेखरिया नाकाबाट श्रोत नखुलेको१५ लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

बीआर ०५ वाई २६२४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारतस्थित पुर्बी चम्पारणका राम निवास प्रसाद यादबलाई विओपी बरैनियाले मंगलबार नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका यादबलाई बरामद रुपैयाँ र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्