माइतीघर मण्डलामा एक युवकले गरे आत्मदाह प्रयास



काठमाडौं ।

नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका निरजकुमार कामत रहेका छन् । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि उनले आत्मदाहको प्रयास गरेका हुन् ।

 उनका बाबुले २०६४ मा जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्