नाबालिका बलात्कारमा ८० वर्षीय वृद्धसहित चारजनालाई १८ वर्ष कैद सजाय

0
Shares

ओखलढुंगा ।

ओखलढुंगा जिल्ला अदालतले नाबालिका बलात्कारमा दोषी ठहर गर्दै ८० वर्षीय वृद्धसहित चारजनालाई १८ वर्षको कैद सजाय फैसला सुनाएको छ ।

मंगलबार जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले जबरजस्ती करणीमा सिद्धिचरण नगरपालिका–३ नारायाणथान माध्यामिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद फुयाल, ८० वर्षीय फडिन्द्रप्रसाद दाहाल, डम्बरबहादुर भुजेल र केवल भुजेललाई १८ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवानाको फैसला सुनाएको हो ।

 इजलासले सबैभन्दा बढी प्राध्यानाध्यक फुयाललाई १ लाख ५० हजार क्षतिपूर्ति र अन्य तीन जनालाई ५० हजार रुपैयाँको दरले क्षतिपूर्ति तोकेको छ भने ६ लाखको दरले जरिवाना गरिएको छ ।

 १२ वर्षीया नाबालिकालाई फरक–फरक स्थान र समयमा जबर्जस्ती करणी गरेको अभियोगमा २३ असार २०७९ मा  मुद्दा दर्ता भएको थियो । जसको मंगलबार अन्तिम फैसला भएको हो ।