![](https://newsofnepal.com/wp-content/uploads/2022/07/accident1657729370.jpg)
चैतारा ।
सिन्धुपाल्चोकमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मंगलबार हेलम्बु गाउँपालिका–४ स्थित ग्याल्थुङमा मिनी ट्रकको ठक्करबाट बराम्चेका ८ वर्षीय बालक शनिस तामाङको मृत्यु भएको हो ।
बा ४ ख ८७ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका बालकको उपचारको क्रममा मेलम्ची नगर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।