राष्ट्रपति पौडेल अस्पताल भर्ना

0
Shares

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ ।

मुटुमा समस्या देखिएपछि उहाँलाई मंगलबार बिहान काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको सचिवालय स्रोतले जनाएको छ।
अहिले गंगालालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरिरहेको छ।

यसअघि शनिबार पौडेलको गंगालालमै स्वास्थ्य परीक्षण गरिएको थियो।