मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

0
Shares

जनकपुरधाम ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । संवैधानिक व्यवस्थाअनुसार सरकार निर्माणमा सहभागी भएको दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनु पर्ने व्यवस्था छ ।

सरकार निर्माणको क्रममा सहभागी भएको नेकपा एमालेले मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज साँझ ५ बजे प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रदेशसभाका सचिव रञ्जितकुमार यदवले जानकारी दिए ।

नेकपा एमालेले जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । हाल प्रदेश सरकारमा एमालेबाहेक सबै दल सरकारमा सहभागी छन्।