पुलबाट चिप्लिएर एक युवा बेपत्ता



जुम्ला ।  

जुम्लाको तिला गाउँपालिका-१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवा तिला नदीमा बेपत्ता भएका छन् ।

आज बिहान ६ बजेतिर सो गाउँपालिका-६ का अन्दाजी १७ वर्षका मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।

बेपत्ता हुनेमा तिला-६ निवासी घोडे गाउँका कर्णबहादुर रोकाया उनका छोरा अन्दाजी १७ वर्षका मोहन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

तिला-१ रारासेरी बजारबाट चामलको बोरा लिएर घरजाने क्रममा अस्थायी पुलबाट चिप्लिएर नदीमा खसेको खबर प्राप्त भएपछि प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । तिला नदीको पानी धमिलो भएकाले खोज्न समस्या भएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्