सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी

0
Shares

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसेको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटमाथि उठेका असन्तुष्टि सम्बोधन गर्न उक्त बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू सहभागी छन् ।

विनियोजन बजेटप्रति एकीकृत समाजवादी र जसपाले असन्तुष्टि जनाएपछि प्रधानमन्त्री प्रचण्डले छलफलका लागि बैठक बोलाएको बालुवाटार स्रोतले बताएको छ ।