भन्सार महशुल नतिरेको भारतीय नम्बर प्लेटको स्कारपिओ प्रहरीको नियन्त्रणमा



काठमाडौं ।

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका १ बिरेन्द्र चोकबाट सशस्त्र प्रहरीले  भारतीय स्कारपिओ गाडी नियन्त्रणमा लिएको छ ।

बैरियाबाट सिम्रौनगढतर्फ जाँदै गरेको एचआर २६ बिबि ००४० नम्बरको सेतो रंगको भारतीय स्कारपिओ गाडी भन्सार महसुल नतिरी चलाएको उक्त गाडी प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीले नियन्त्रणमा लिईएको हो ।

उक्त गाडी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्