असारमा पनि निक्षेपको ब्याजदर नबढ्ने

0
Shares

काठमाडौं ।

नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । मंगलबार बसेको नेपाल बैंकर्सको बैठकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो ।

विगत ३ महिनायता यथावत रहेको ११.०३ प्रतिशत ब्याजदरलाई असार महिनामा पनि कायमै राख्ने वाणिज्य बैंकहरुले सहमति गरेका हुन् ।वाणिज्य बैंकहरुले गत माघको तुलनामा फागुन महिनामा मुद्दती निक्षेपको औसत ब्याजदर (१०.०३ %) को १० प्रतिशतले बढाएर अधिकतम ११.०३ प्रतिशत कायम गरेका थिए । वाणिज्य बैंकहरुका निक्षेपकर्ताले चैत, वैशाख र जेठमा सोही दरमै ब्याज पाएका थिए । अब असार महिनामा पनि सोही दरमा ब्याज पाउने निश्चित भएको छ ।

 अघिल्लो महिना सबैको मुद्दती निक्षेपमा दिएको ब्याजदरको औसत ११.०३ प्रतिशत थियो भने अर्को महिनाको लागि त्यसमा एक प्रतिशत थपेर १२.१३ प्रतिशत मात्र दिन पाउने व्यवस्था गरेको छ।