दक्षिण एशियाली बुद्धिचाल हुने



काठमाडौं । दक्षिण एसियाली बुद्धिचाल प्रतियोगिता आजदेखि ललितपुरको गोदावरीस्थित होटेल भ्यू भृकुटीमा हुन गइरहेको छ । असार ४ गतेसम्म हुने प्रतियोगिता नेपाल, भारत, माल्दिप्स, बंगलादेश, भुटान र पाकिस्तानका खेलाडीको सहभागीता हुनेछ । खुल्लातर्फ डिफेन्डिङ च्याम्पियन भारतका आइएम नुबेर शाह शेख र महिलातर्फ बंगलादेशकी सुल्तान सर्मिन सिरिन खेलाडी स्वतः यस प्रतियोगितामा सहभागी रहनेछन् ।

५ लाख कूल नगद पुरस्कार रहेको प्रतियोगितामा पुरुषतर्फका विजेताले १ लाख पचास हजार, उप विजेताले १ लाख र तेस्रो हुनेले ५० हजार हासिल गर्नेछन् । महिलातर्फ प्रथमलाई १ लाख, दोस्रोलाई ६० हजार र तेस्रोलाई ४० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

राउन्ड रोविन प्रणाली अन्तर्गत नवौं चरणसम्म संचालन हुने प्रतियोगिताको चिफ आर्विटर भारतको अन्तर्राष्ट्रिय आर्विटर धर्मेन्द्र कुमार रहनेछ । टेक्निकल डाइरेक्टरको भुमिकामा बंगलादेशका हारुन रसिद रहेको छ । प्रतियोगिता संचालनको लागि ४० लाख अनुमानित खर्च लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्