कुराँशमा लुम्बिनी टिम च्याम्पियन



काठमाडौं । लुम्बिनी प्रदेश दोस्रो राष्ट्रिय कुराँश प्रतियोगितामा च्याम्पियन भएको छ । धरानमा आइतबार सम्पन्न तीनदिने प्रतियोगितामा लुम्बिनी सर्वाधिक १२ स्वर्ण, ६ स्वर्ण र ९ कांस्य पदकसहित च्याम्पियन भएको हो ।

नेपाल कुराँश संघको आयोजनामा भएको प्रतियोगिता नेपाल आर्मी दोस्रो भयो । आर्मीले चार स्वर्ण र तीन रजत पदक जित्यो । सुदूरपश्चिम प्रदेश तीन स्वर्ण, एक रजत र चार कांस्य पदक जित्दै तेस्रो भयो ।

दुई दिने प्रतियोगितामा पुरुषतर्पm गण्डकीका सुजित पासवान र महिला लुम्बिनीकी प्रतीक्षा केसी उत्कृष्ट खेलाडी घोषित भए । प्रतीक्षाले महिला ५२ केजीमुनि तौलसमूहमा स्वर्ण जितेकी थिइन् । सुजितले २५ केजीमुनि तौलसमूहमा रजत पदक जितेका थिए ।

तीनदिने प्रतियोगितामा कुल एक सय ५१ खेलाडीले कुल ३१ स्वर्ण पदकका प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा आर्मीसहित ६ प्रदेशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्