उरुग्वे यू–२० विश्वकप च्याम्पियन



LA PLATA, ARGENTINA – JUNE 11: Players of Uruguay lift the champion trophpy during the FIFA U-20 World Cup Argentina 2023 Final match between Italy and Uruguay at Estadio La Plata on June 11, 2023 in La Plata, Argentina. (Photo by Buda Mendes – FIFA/FIFA via Getty Images)

लन्डन, (एजेन्सी) । दक्षिण अमेरिकी राष्ट्र उरुग्वे पहिलो पटक यू–२० फिफा विश्वकप च्याम्पियन बनेको छ ।

इटालीको युवा टोलीमाथि १–० को जित निकाल्दै उरुग्वेको युवा टोली यू–२० विश्वकपको च्याम्पियन बन्न सफल भएको हो । अर्जेन्टिनामा आइतबार राति भएको खेलमा उरुग्वेलाई च्याम्पियन बनाउन खेलको अन्त्यतिर लुसियानो रोड्रिग्वेजले गरेको गोल नै निर्णायक बन्यो ।

उनले ८६औं मिनेटमा गोल गर्न सफल भएका थिए । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको दुवै टोलीले गोलका केही सुवर्ण अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेलको अन्त्यतिर लुसियानोको गोल नै उरुग्वेलाई च्याम्पियन बन्न पर्याप्त रह्यो ।

तीनपल्ट फाइनल खेल्दा उरुग्वे पहिलो पटक च्याम्पियन बन्न सफल भएको हो । यसअघि उरुग्वे १९९७ र २०१३ मा उपविजेता बनेको थियो । उरुग्वे १९९७ मा अर्जेन्टिना र २०१३ मा फ्रान्ससँग फाइनलमा पराजित भएको थियो । दक्षिण कोरियालाई ३–१ ले पराजित गर्दै इजरायल

तेस्रो भएको छ । इटालीका सिसर कासाडेइ विश्वकपको सर्वाधिक गोलकर्ता भए । उनले विश्वकप भर कुल सात गोल गर्न सफल भएका थिए । २० मेबाट सुरु भएको विश्वकपमा ६ महादेशका २४ राष्ट्रको सहभागिता रहेको थियो । सहभागी राष्ट्रलाई ६ समूहमा विभाजन गरी अर्जेन्टिनाको चार शहरमा खेलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्