जोकोभिचलाई सर्वाधिक ग्रान्डस्लाम जित्ने मौका



लन्डन, (एजेन्सी) । नोभाक जोकोभिचले फ्रेन्च ओपन जितेर आफुलाई मेन्स टेनिसका सर्वाधिक सफल खेलाडीको रुपमा उभ्याउन अग्रसर भएका छन् । सर्बियाका जोकोभिच यो २३ औं कीर्तिमानी उपाधि जित्दा ३६ वर्षका हुन् । मेन्स सिंगल्समा सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने उपलब्धिले गर्दा यस पालिको फ्रेन्च ओपन ट्रफी उनको कीर्तिमानी समेत भएको छ ।

योसँगै मेन्स सिंगल्समा सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने सूचीमा जोकोभिच नम्बर वान भए । दोस्रो स्थानमा स्पेनका राफायल नाडाल छन् । उनले २२ ग्रान्डस्लाम उपाधि जितेका छन् । तेस्रो स्थानमा २० ग्रान्डस्लाम उपाधिसहित स्विट्जरल्यान्डका महान खेलाडी रोजर फेडेरर छन् । टेनिसको संसारमा यी तीनै खेलाडीलाई बिग थ्री को उपनामले परिचित गराइएको छ ।

बिग थ्री को कूल ग्रान्डस्लाम उपाधि संख्या गणना ग¥यो भने ७५ उपाधि हुन्छ । यसको मतलब पछिल्ला तीन दशकदेखि यी तीनै खेलाडीले टेनिसमा वर्चश्व जमाएका छन् । यदि जोकोभिच तन्दुरुस्ट भइरहे उनले ग्रान्डस्लाम उपाधि संख्या बढाएर गे्रटेस्ट अफ अल टाइम (गोट) को उपाधि पाउन सक्नेछन् ।

३७ वर्षीय नाडाल चोटको कारण आगामी २०२४ मा संन्यास लिने योजनामा रहेका छन् । ४१ वर्षीय फेडेररले पहिल्यै संन्यास लिइसकेका छन् । बाँकी रह्यो जोकोभिच । उनको लागि आगामी विम्बल्डनमा पनि उपाधि जित्ने संभावना छ । यदि जितेमा उनले सर्वाधिक ग्रान्डस्लाम उपाधि जितेकी मार्गारेट कोर्टको कीर्तिमानीसँग बराबरी गर्नेछन् । अस्टे«लियाकी कोर्टले २४ ग्रान्डस्लाम उपाधि जितेकी छन् ।

जोकोभिचले २००८ मा पहिलो ग्रान्डस्लामको रुपमा अस्टे«लियन ओपन जित्दा नाडालले ६ ग्रान्डस्लाम जितिसकेका थिए । यस्तै फेडेररले १५ ग्रान्डस्लाम जितेका थिए । यो समय २००८ को थियो । त्यो बेला जोकोभिच २२ वर्षका थिए भने नाडाल २३ वर्षका र फेडेरर २६ वर्षका थिए । फेडेररले एक वर्षपछि २००९ मा विम्बल्डन जितेर पिट साम्प्रासको १५ औं ग्रान्डस्लामको कीर्तिमानीलाई ओझेलमा पारेका थिए ।

फेडेररले २००३ देखि २०१० सम्म वर्षमा कमसेकम एक प्रमुख उपाधि जितेका थिए । फेडेररको लागि २०११ देखि कडा प्रतिद्वन्द्वीको रुपमा जोकोभिच सामुन्ने आएका हुन् । फेडेररले २०१२ मा विम्बल्डन जितेपछि अर्को चार वर्षसम्म प्रमुख उपाधि जित्न सकेनन् । यसले नाडाल र जोकाभिचलाई उनको नजिक पु¥याए । प्रदर्शन पहिले जस्तो नहुँदा र चोटले गर्दा फेडेरर यी दुई खेलाडीसँग केवल ३ ग्रान्डस्लाम उपाधि बढी रहेको थियो ।

सन् २०१९ मा चार ग्रान्डस्लाममा नाडाल र जोकोभिचले बराबरी गरी जित्दा फेडेरर अझ पछि परे । नाडालले २०२० मा फ्रेन्च ओपन जिते भने जोकोभिचले २०२१ मा विम्बल्डन, अस्टे«लियन ओपन र फ्रेन्च ओपन जितेर नाडाल र फेडेररलाई चुनौती दिए । तर, २०२२ मा अस्टे«लियन ओपन खेल्न नपाउँदा उनले उपाधिसंख्यामा बढोतरी गर्न असफल भए । गत वर्ष उनलाई कोभिडविरुद्धको खोप नलगाएको भन्दै मेलबर्नको विमानस्थलबाटै घर फर्काइएको थियो ।

नाडालले खेल्न पाए र जितेर जोकोभिचलाई पछि पारे । गत वर्ष उनले रोलान्ड ग्यारोसमा पनि उपाधि जितेका थिए । यो उनको १४ औं फ्रेन्च ओपन थियो । जोकोभिचले गत वर्ष विम्बल्डनमा भने खेल्न पाए । त्यहाँ उनले उपाधि जिते र यस वर्ष अस्टे«लियन र फ्रेन्च ओपन जितेर अगाडि बढे । उनले नाडाललाई १ उपाधिले पछि पारेका छन् ।

कसले कहाँ कति जिते

नाडाललाई क्लेकोर्टका किंग यानी माटोको कोर्टका राजा भनेर उपनाम दिइएको छ । उनले २२ प्रमुख उपाधि जितेकोमा १४ वटा फ्रेन्च ओपन रहेको छ । फ्रेन्च ओपन क्ले कोर्टमा हुने भएकोले नाडाललाई त्यहाँ हराउन मुश्किल नै छ । गत वर्ष उनी ३६ वर्षका थिए र उपाधि जिते । यसपटक उनी चोटका कारण खेलेनन् । तर, यस पटक जोकाभिचले ३६ वर्षको उमेरमै फ्रेन्च ओपन जिते । यो उनको तेस्रो फ्रेन्च ओपन उपाधि हो ।

यस्तै फेडेररले भने घाँसे कोर्टमा आफ्नो प्रभुत्व जमाएका थिए । उनले विम्बल्डनमा आठ पटक जितेका छन् । विम्बल्डन घाँसे कोर्टमा हुने प्रतियोगिता हो । यसैगरी जोकोभिचले २३ प्रमुख उपाधिमा १० उपाधि अस्टे«लियन ओपनमा जितेका छन् । यो हार्ड कोर्टमा खेलिने प्रतियोगिता हो । तर, तीनै कोर्टमा एकै वर्षमा तीन पटक जित्ने उपलब्धि भने जोकोभिचले नै गरे । यसो गर्नेमा कोही पनि पुरुष खेलाडी छैनन् ।

तर, महिला खेलाडीमा जर्मनीकी स्टेफी ग्राफ (हाल अमेरिकामा), अस्टे«लियाकी मार्गारेट कोर्ट र अमेरिकाकी सेरेना विलियम्सले यो उपलब्धि हासिल गरेका छन् । नाडालले यस्तो उपलब्धि दुई पटक र फेडेररले एक पटक मात्रै लिएका छन् ।

सर्वाधिक एटीपी उपाधि

ग्रान्डस्लाम र अन्य एटीपी उपाधिको विषय आउँदा फेडेरर बिग थ्रीमा पहिलो स्थानमा छन् । तर, सर्वाधिक एटीपी उपाधि (मेन्स सिंगल्सतर्फ) जित्नेमा अमेरिकाका पूर्व खेलाडी जिमी कोनर्स हुन् । उनले कूल १ सय ९ उपाधि जितेका छन् । दोस्रो स्थानमा फेडेरर छन्, जसले १ सय ३ उपाधि जितेका छन् । जोकोभिचसँग ९४ उपाधि छ र उनी इभान लेन्डलसँगै बराबरीमा छन् । नाडालले ९२ उपाधि जितेका छन् । जोकोभिचले सबै मास्टर्स प्रतियोगिता उपाधि जित्ने कीर्तिमान पनि राखेका छन् । २०१८ मा उनले सबै नौ मास्टर्स उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्