नदीमा डुबेर बाँकेमा दुई जनाको मृत्यु

0
Shares

नेपालगञ्ज । 

बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।

जुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुवैजनाको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो ।