प्युठानमा जिप दुर्घटना, आठ जना घाइते

0
Shares

प्युठान।

प्युठानकाे भिंगृमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । स्वर्गद्वारी दर्शन गरेर दाङकाे लमही फर्किँदै गरेका तीर्थयात्री चढेकाे लु १ च ६३४५ जिप भिंगृमा दुर्घटनामा परेकाे हाे ।

जिपमा दुई जना पुरुष, दुई जना महिला र चारजना बालबालिका गरी आठ जना रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते आठ जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएकाे छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेकाे बताइएको छ।