६ किलोभन्दा बढी लागूऔषध चरेससहित विमानस्थलबाट जर्मन नागरिक पक्राउ

0
Shares

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जर्मन नागरिक ६ किलोभन्दा बढी लागुऔैषध चरेससहित पक्राउ परेका छन् ।

सोमबार टर्किस एयरलाइन्सबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जान लागेका ६३ वर्षीय जर्मन नागरिक पल रिस्टलाई विमानस्थलमा खटिएका प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो ।

सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएका थिए । विमानस्थल प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएको पत्ता लागेको हो । यसपछि चरेससहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

विमानस्थल प्रहरीले पक्राउ परेका ती जर्मन नागरिकतालाई लागुऔषध नियन्त्रण व्युरोको जिम्मा लगाएको छ ।