बेवारिसे काठ प्रहरीद्वारा बरामद

0
Shares

काठमाडौं । बेवारिसे काठ प्रहरीले बरामद गरेको छ । बर्दिया प्रहरी चौकी खैरापुरले उक्त काठ बरामद गरेको जनाएको छ ।

प्रहरीले गस्ती गर्ने क्रममा गुलरिया नगरपालिका–१ मा अन्दाजी एक लाख २२ हजार ६८० क्यूफित सालको गोलिया काठ बरामद गरेको हो ।

बरामद गरिएको सोही काठ डिभिजन वन कार्यालय गुलरिया बर्दिया बुझाइएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी हिक्मतबहादुर बोहराले बताए ।