खोलामा डुबेर शिक्षकको मृत्यु, नदीमा बेपत्ता दुई युवाको शव भेटियो

0
Shares

नवलपरासी । खोलामा डुबेर शिक्षक कृष्ण सुवेदीको मृत्यु भएको छ । हिजो (आइतबार) साँझ नुहाउन गएका सुवेदीको खोलामा डुबेर मृत्य भएको हो ।

पूर्वी नवलपरासीको अरूणखोला मुखेढुंगा रहमा डुबेर सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुवेदी जनता माध्यामिक विद्यालय टाडीका शिक्षक हुन् ।

प्रहरीका अनुसार मुखेढुंगा रहमा सात जना शिक्षक नुहाउन गएका थिए । तीमध्ये सुवेदी रहमा डुबेपछि स्थानीय फत्तबहादुर सोमैले बेहोस अवस्थामा उनको उद्धार गरेका थिए ।

बेहोस सुवेदीलाई उपचारका लागि प्रहरीले मध्यविन्दु अस्पताल पुर्याएका थिए । उक्त अस्पतालमा उपचारको क्रममा उनको

हिजो राति नै मृत्यु भएको अस्पातल स्रोतले बतायो ।

नदीमा बेपत्ता दुई युवाको शव भेटियो

कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जना युवाको शव फेला परेको छ ।

उनीहरू दुवैको शव हिजो (आइतबार) फेला परेको प्रहरीले जनाएको छ ।