जोकोभिचले जिते २३ औं ग्रान्डस्लाम उपाधि



काठमाडौं । नोभाक जोकोभिचले करियरको २३ औं ग्रान्डस्लाम टेनिस उपाधि आइतबार जितेका छन् । सर्बियाली खेलाडी जोकोभिचले फ्रेन्च ओपन फाइनलमा नर्वेका क्यास्पेर रुडलाई सीधा सेटमा हराएका हुन् । उनले सो खेल ७–६, ६–३, ७–५ ले जितेका हुन् ।

योसँगै जोकोभिच मेन्स सिंगल्समा सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने खेलाडी पनि बने । उनले स्पेनका राफायल नाडाललाई पछि पारेका छन् । नाडालले २२ ग्रान्डस्लाम उपाधि जितेका छन् । उनले महिला खेलाडी सेरेना विलियम्सको कीर्तिमानसँग बराबरी गरेका छन् ।

ग्रान्डस्लाम उपाधि सर्वाधिक जित्ने कीर्तिमान महिला खेलाडी मार्गारेट कोर्टको नाममा छ । उनले २४ ग्रान्डस्लाम उपाधि जितेकी छन् ।

प्रतिक्रिया दिनुहोस्