अनलाइन पत्रकारिता तालिम सम्पन्न

0
Shares

धुलिखेल ।

बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले आयोजना गरेको पाँच दिने अनलाइन पत्रकारिता तालिम आइतबार समापन भएको छ । काभ्रेको धुलिखेलमा आयोजित तालिममा बागमती प्रदेशमा क्रियाशिल २१ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

तालिमको समापन समारोहमा बोल्दै सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले अनलाइन पत्रकारिताको विस्तारसँगै यसको गुणस्तर वृद्धिका लागि यस्तो तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले बागमती प्रदेशका पत्रकारहरुलाई नयाँ प्रविधीसँग अभ्यस्त बनाउँदै उनीहरुको शीप र क्षमताको विकासका लागि भविष्यमा पनि यस्ता तालिमहरुको आयोजनालाई निरन्तरता दिइने बताउनुभयो ।

उहाँले आर्टिफिसियल इन्टलिजेन्स एआइले पत्रकारिता पेशामा चुनौती थपिने र पत्रकारहरुलाई पनि विस्थापित गर्न सक्ने चर्चा चलिरहेको बेलामा यो तालिमले एआइको समेत उपयोग गरेर पत्रकारितालाई अझै सहज रुपमा तिखार्न प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो । सहभागीलाई प्रशिक्षकद्वय प्रवेश सुवेदी र उमेश श्रेष्ठले अनलाइन पत्रकारिताको सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्नुभएको थियो।