कालीमा डुबेर दुई युवा बेपत्ता

0
Shares

नवलपरासी। 

अत्यधिक गर्मीका कारण नदीमा नुहाउन गएका दुई युवा कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका छन् ।

पूर्वी नवलपरासीको गैडाकाेट ३ हर्दे केलादी स्थित काली गण्डकीमा पौडी खेल्दै गरेका युवा शनिवार बेलुका नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

नदीमा डुबेर बेपत्ता हुनेमा गैडाकाेट २ शिलान्यास चाेक निवासी २५ वर्षका रमेश चालिसे र चितवन जिल्ला रत्ननगर २ बस्ने २४ वर्षीय सुरज सुबेदी रहेकाे जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ सन्तोष पाठकले बताउनुभयो ।

प्रहरीका अनुसार नदीमा नुहाउन गएका तीन युवा मध्ये बागलुङ जिल्ला गल्काेट ८ का २८ वर्षीय मुक्तिराम शर्मा भने सकुशल रहेका छन् ।
बेपत्ताहरूको खोजीमा स्थानीय सहित ईप्रका गैडाकाेट तथा सशस्त्र प्रहरीको टोली खटिएको जिप्रका पूर्वी नवलपरासीले जनाएको छ ।