त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर प्रहरीले चलायो गोली, १ जना पक्राउ

0
Shares

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चलेको छ । विमानस्थलको गेटनजिक लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन टोलीले गोली चलाएको हो ।

टोलीले लागुऔषध कारोबारी एक युवकलाई नियन्त्रणमा लिन घुँडामुनि गोली प्रहार गरेको हो ।  ती युवकको परिचय खुलिसकेको छैन भने उनलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ ।