अन्नपूूर्ण बुद्धिचालमा ओजस्वि प्रथम



काठमाडौं । अठारौँ अन्नपूर्ण राष्ट्रिय बुद्धिचाल प्रतियोगिताअन्तर्गत यु ९ छात्रातर्फ अन्नपूर्ण मा.वि.की ओजस्वि श्रेष्ठ प्रथम भएकी छन् । सो स्पर्धामा हिमालयन एकड्रेमीकी ईशानी मण्डल तथा ल्याबोरेटोरी स्कुलकी सयोना तामाङ क्रमशः दोश्रो तथा तेस्रो भए । त्यस्तै गरि यू ९ छात्रतर्फ सुर्योदय मा. वि.का अग्रिम सैंजु प्रथम, तथा युलेन्स स्कुलका कौशिक आचार्य तथा पुष्प सदन स्कुलका हार्दिक क्रमशः दोस्रो तथा तेस्रो भए ।

यस्तै यू ११ छात्रातर्फ बि. एन. एकाडेमीकी बिबिशा तामाङ प्रथम, त्रियोग मा. वि.की परिधि खत्री दोश्रो तथा दीपज्योतिकी ईशिका श्रेष्ठ तेश्रो स्थानमा रहे । यू ११ छात्रतर्फ त्रियोगका आभास रिमाल प्रथम, डिएभी स्कुलका सौरल थापा दोश्रो तथा वागीश्वरी मा. वि.का प्रत्युस श्रेष्ठ तेस्रो भए । त्यस्तै यू १३ छात्रातर्फ ग्रिनहिल स्कुलकी एन्जल महर्जन प्रथम, पुष्पसदन स्कुलकी शिवानी रिजाल दोश्रो तथा के.एम.सी. स्कुलकीे प्रतिज्ञा श्रेष्ठ तेश्रो भए ।

प्रतिक्रिया दिनुहोस्