ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकलाई बीएमसीए कप



काठमाडौं । ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बने ।

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३५–३४ को झीनो अन्तरले पराजित ग¥यो । ग्रिनल्यान्डका प्रवीण गुरुङले १५ अंक जोडे ।

बूढानीलकण्ठस्थित रुद्रेश्वर हाइटमा भएको सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले पृथ्वीलाई ३१–२२ ले हरायो । भ्याली पब्लिककी अनिता गुरुङले ११ अंक जोडिन् ।

जुनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले किङडम हिमालयनलाई ३२–२२ ले पाखा लगायो । गोल्डेनपिकका अमन गुरुङले १३ स्कोर गरे । तीनै समूहका विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ, सिनियर गल्र्समा भ्याली पब्लिक मुस्कान गुरुङ र जुनियर ब्वाइजमा गोल्डेनपिकका अमन गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनीहरुले जनही १ हजार ५ सय नगद पुरस्कार पाए ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका सुनिल पौडेल, सिनियर गल्र्समा भ्याली पब्लिककी अनिता गुरुङ र जुनियर ब्वाइजमा किङडम हिमालयनका लोप्साङ तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । सिनियर ब्वाइजमा भ्याली पब्लिकका अनमोल गुरुङ, सिनियर गल्र्समा पृथ्वीकी बविता घिमिरे र जुनियर ब्वाइजमा गोल्डेनपिकका पासाङ टासी शेर्पा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

विजेतालाई बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका पूर्व मेयर उद्धवप्रसाद खरेल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, आयोजक बीएमसीए विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीदेवी तामाङ, बीएमसीएका प्रिन्सिपल मोहनप्रसाद भट्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा आयोजकले बास्केटबलको विकास र विस्तारमा योगदान पु¥याएवापत बास्केटबलका प्रशिक्षकत्रय पूर्ण न्यौपाने, नारायण खवास र मीनबहादुर खड्कालाई नगदसहित सम्मान गरेको थियो । जेठ १७ गतदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २७, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १३ गरी जम्मा ५३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्