गोप्य कागजात प्रकरणः ट्रम्पमाथिको अभियोग पुष्टी भए २०वर्ष जेल


वाशिंगटन ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘मार ए लागो कागजात प्रकरण’ मा ३७ वटा मुद्दाको सामना गर्नु पर्ने भएको छ । संघीय अभियोजकहरूले उनलाई गैरकानूनी रूपमा अमेरिकी आणविक र रक्षा कार्यक्रमहरूमा शीर्ष गोप्य फाइलहरू राखेको आरोप लगाइएको छ । अभियाेग पुष्टी भएमा उनलाइ २० बर्षकाे जेल सजायँ हुनेछ ।

न्याय बिभागले लगाएको अभियोग अनुसार जब ट्रम्पले जनवरी २०२१ मा ह्वाइट हाउस छोडे, त्यो बेला उनले पेन्टागन, सीआईए, राष्ट्रिय सुरक्षा एजेन्सी र अन्य गुप्तचर एजेन्सीहरूबाट गोप्य कागजातहरू लिएर गए । फ्लोरिडाको संघीय अदालतमा दायर गरिएको अभियोग अनुसार, ट्रम्पले फ्लोरिडाको ‘मार ए लागो’ निवासकाे  क्लबमा ती गोप्य दस्तावेजहरू असुरक्षित रूपमा राखे, जहाँ उनले नियमित रूपमा हजारौं पाहुनाहरूसँग ठूला सामाजिक कार्यक्रमहरू आयोजना गर्ने गर्दथे ।

कम्तिमा दुई अवसरहरूमा उनले अमेरिकी सैन्य अपरेसनहरूको कागजातसमेत अरूलाइ देखाएका थिए । जबकी बेडमिन्स्टर, न्यू जर्सी गोल्फ क्लबमा उनीहरूलाई देखाउन मिल्दैनथ्यो  । तर ट्रम्पले अमेरिकाका भावी योजनाहरूका गोप्य कागजातहरू देखाएर राज्य बिरूद्द अपराध गरेका अभियाेग पत्रमा उल्लेख छ ।

अभियोगमा अगाडी भनिएको छ कि, ‘ट्रम्पले लिएर गएका गाेप्य कागजातहरूमा संयुक्त राज्य अमेरिका र विदेशी रक्षा नीति र हतियार क्षमताहरू, संयुक्त राज्यको आणविक कार्यक्रम, संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूको सैन्य आक्रमणको सम्भावित कमजोरीहरू र प्रतिक्रियामा सम्भावित प्रतिशोधको योजनाहरू समावेश छन्।’

सो कागजातहरूमा विदेश आक्रमणका योजनाहरू पनि समावेश रहेका छन । अभियाेगमा भनिएको छ, ‘यी गोप्य कागजातहरूको अनाधिकृत खुलासाले अमेरिकाको राष्ट्रिय सुरक्षालाई जोखिममा पार्न सक्छ।’ जसकाकारणा ट्रम्पमाथि राष्ट्रिय प्रतिरक्षा सूचना जानीजानी लुकाउने, न्यायमा बाधा पुर्‍याउने षड्यन्त्र, कागजपत्र लुकाउने र गलत बयान दिनेलगायत ३७ वटा मुद्दामा अभियोग लगाइएको छ ।

न्याय विभागका विशेष सल्लाहकार ज्याक स्मिथले दायर गरेको आरोपमा प्रत्येक गणनामा २० वर्षसम्मको जेल सजायकाे माग गरिएकाे छ । यसैगरी, ट्रम्पका सहयोगी वाल्ट नाउटामाथि ट्रम्पलाई कागजात लुकाउन सहयोग गरेको ६ वटा आरोप लगाइएको छ ।