पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

0
Shares

जाजरकोट ।  

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन भएको छ ।  भेरी नगरपालिका– १३ खानेपानी तथा सिंचाइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन भएको हो  ।

यसरी निधन हुनेमा नरबहादुर बस्नेतका वर्ष ८ का  छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका वर्ष ९ का छोरा प्रमोद बस्नेत रहेका छन् । स्कुलबाट फर्केर खाजा खाईवरी पौडी खेल्न गएका दुई बालक पौडी खेल्न गएको र सोही क्रममा डुवेर निधन भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जानकारी दिएको छ ।