सशस्त्र प्रहरीद्वारा चोरीपैठारीका विभिन्न सामान बरामद

0
Shares

रुपन्देही।

जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डास्थित सीमा ईलाकाबाट १ लाख १७ हजार २ सय ७० रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।

अबैध रुपमा भन्सार छलि ल्याउँदै गरको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, कस्मेटिक तथा मोबाईलमा प्रयोग हुने सामाग्री प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बरामद शुक्रबार गरेको हो ।

यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ भन्सार ईलाकाबाट १ लाख ८ हजार ४ सय ७० रुपैयाँ बराबरको लत्ताकपडा र किराना सामान बिहीबार सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामान प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो ।

यसैगरी सुरक्षा बेश फतुहाले ६६ हजार ७ सय रुपयाँ बराबरको भन्सार छलि ल्याउँदै गरेको लत्ताकपडा सोही जिल्लाको यमुनामाई गाउँपालिका ४ स्थित बमनहरबाट बिहीबार बरामद गरेको छ ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।