श्रोत नखुलेको १४ लाख भन्दा बढी रकमसहित एक जना प्रहरीको नियन्त्रणमा

0
Shares

बाँके।

जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट श्रोत नखुलेका १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

३० नम्बर गण बाँकेले सोही जिल्लाको डुडुवा गाँउपालिका ४ साहपुरुवा बस्ने ३५ बर्षिय उमाकन्त गुप्तालाई उल्लेखित रुपैयाँसहित बिहीबार नियन्त्रणमा लिएको हो।

भे ६ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र उनले रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका गुप्तालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।