नेक्स्ट जेनेरेसन सेमिनारमा नेपाली सहभागिता 



उहान ।

 चीनको उहानमा आयोजित नेक्स्ट जेनेरेसन कम्युनिकेसन नेटवर्क कन्स्ट्रक्सन सम्बन्धी सेमिनारमा नेपालबाट तीन जनाले सहभागिता जनाएका छन् ।

नेपाल – चाइना हिमालयन फ्रेडसिप सोसाइटिको तर्फबाट एक जना आइटी इन्जिनियर र दुईजना पत्रकार गरी तीन जनाले सहभागिता जनाएको सोसाइटिका महासचिव रिनन पाेखरेलले बताउनुभयाे ।

उहान रिसर्च इन्स्टिच्युट अफ पाेष्टस् एण्ड टेलिकम्युनिकेसनले आयोजना गरेको सेमिनार उद्घाटनकाे अवसरमा फाइबर होमका अध्यक्ष पे क्वा लियान, हेड अफ उहान रिसर्च इन्स्टिच्युट अफ पाेष्टस् एण्ड टेलिकम्युनिकेसन प्रमुख थाउ चु याेङ, फाइबर होमको उपाध्यक्ष हु जिया लगायतले सेमिनारको महत्वबारे जानकारी गराउनु भएको थियो ।

२० दिनसम्म चल्ने सेमिनारमा इन्टरनेटकाे प्रकार, चिनमा इन्टरनेटकाे अवस्था, नेटवर्क इन्फरमेसन सेक्युरेटी, विग डाटा एण्ड एप्लिकेसन लगायतको बारेमा जानकारी गराइने आयोजकले जनाएको छ ।

सेमिनारको पहिलो दिन सिआईसिटीकाे सिनियर इन्जिनियर चङ सुया फङले विग डाटा एण्ड एप्लिकेसनकाे बारेमा जनकारी दिनु भएको थियो । तेसैगरी दोस्रो दिन उहान रिसर्च इन्स्टिच्युट अफ पाेष्टस् एण्ड टेलिकम्युनिकेसनकी चेङ वेनले नेटवर्क इन्फरमेसन सेक्युरेटीकाे विषयमा र फाइबर होमकी याङ युनले प्रक्टिस, एक्प्राेलेसन एण्ड इनाेभेसनकाे विषयमा जानकारी दिनु भएको थियो ।

२० दिनको अवधिमा १३ वटा कक्षा सञ्चालन गरिने र उहान, बेइजिङ तथा लुयाङका विभिन्न ठाउँमा भ्रमण गराइने आयोजकले जनाएको छ ।
सेमिनारमा नेपाल सहित क्युवा, उजुक्वेस्तान, नाईजेरीया, घाना, इजिप्ट, जमैका र ट्युनिसियाका २६ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्