नेपाली सेनाको नेतृत्व र युनिलिभर नेपालको सहकार्यमा सगरमाथासहितका हिमालबाट ३५ हजार ७०८ किलो फोहोर संकलन

0
Shares

काठमाडौँ।

नेपाली सेनाको नेतृत्वमा सफा हिमाल अभियान २०२३ ले युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा तथा अन्य चुचुराबाट ३५ हजार ७०८ किलोग्राम फोहोर सफलतापूर्वक संकलन गरियो ।

नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसंगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र वरुचे हिमालहरूबाट फोहोर र प्लास्टिकको सरसफाई र हटाउने “सफा हिमाल अभियान २०२३ यस वर्ष २०८० जेठ ८ गते सम्पन्न भएको छ यस वर्षको अभियानले यी हिमालहरूबाट ३५ टन फोहोर र प्लास्टिक हटाउने लक्ष्य राखेको थियो, जुन लक्ष्य हालै पूरा भएको थियो ।

यस अभियान मार्फत हिमालबाट २५,७०८ केजी फोहोर संकलन गरिएको थियो । स्थानीयवासी र स्वयंसेवकको सहयोगमा गत चैत १४ गतेबाट सुरु भएको यो अभियानबाट सगरमाथा ल्होत्से क्षेत्रवाट १२६२१ किलो फोहोर र प्लास्टिक सङ्कलन गर्न सफल भएको थियो भने अन्नपूर्णबाट २,५६७ किलो रररुबाट १८,५२० केजी गरी जम्मा गरी ३५,७०८ केजी फोहोर यी क्षेत्रबाट हटाइयो ।

यस कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक, अमलान मुखर्जीले युनिलिभर नेपालले नेपालको सेवा गर्न पाउँदा गर्व महसुस गरेको र नेपाली सेनासंगको यस सहकार्यको प्रयासमा सहभागी हुन पाउँदा र दिगोपनका यी स्थायित्व पहलहरूमा धेरै अन्य समर्थकहरूको साथमा चेतना जगाउन पाउँदा कम्पनीले सम्मानित महसुस गरेको बताए।

जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने र यी महत्त्वपूर्ण चुचुराहरूको मौलिक प्रकृतिलाई जोगाउने प्रयासलाई यी अभियानहरूद्वारा बढाया दिएको छ। वातावरणमा सुधार पार्ने यस्ता प्रयासहरूलाई समर्थन र कदर गर्नुपर्दछ भन्ने युनिलिभरको विश्वास रहेको छ ।