न्युज अभियानका सम्पादक भण्डारीले पाए न्याय

0
Shares

काठमाडौँ ।

न्युज अभियान डटकमका सम्पादक छायाचन्द्र भण्डारीले विद्युतीय कारोबार सम्बन्धी मुद्दामा न्याय पाएका छन् ।

जिल्ला अदालतमा साइबर ब्युरोले दायर गरेको मुद्दामा  सम्पादक भण्डारीले  न्याय पाएका हुन् ।

विद्युतीय कारोबार सम्बन्धी दायर गरेको उक्त मुद्दामा काठमाडौँ जिल्लाका न्यायाधीश केशवप्रसाद घिमिरेले आज अन्तिम आदेशको फैसला मार्फत बादी तर्फको दाबी नपुग्ने भन्दै भण्डारीको पक्षमा फैसला गर्नुभएको हो ।

सम्पादक भण्डारीलाई जिल्ला अदालत काठमाडौँमा साइबर क्राइम सम्बन्धमा साइबर ब्युरोले गत २०७९ भाद्रमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दाको बहस वरिष्ठ वकिल अनन्त राज लुइँटेल, वकिल भक्ति घिमिरेले गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ केन्द्र र जिल्ला ,प्रेस काउन्सिल नेपाल, नेपाल प्रेस युनियन, एसियन हुमनराइट्स कमिसन, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघलगायतका संघ संस्थाले भण्डारीलाई विद्युतीय कारोबार मुद्दा लगाइएको सम्बन्धमा आपत्ति प्रकट गरेका थिए ।

समाचार लेखेकै आधारमा झुट्टा मुद्दामा फसाउने योजना सम्मानित अदालतको फैसलाले असफल तुल्याएको छ ।