२९ जिल्ला न्यायधिसका लागि जागिर खुल्यो



काठमाडौं ।

जिल्ला न्यायधिसका लागि जागिर खुलेको छ । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि जागिर खुलाएको हो ।

आज एक बिज्ञापन प्रकाशित गर्दै न्याय सेवा आयोगले आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, महिला २ जना, आदिवासी-जनजाती २ जना, मधेशी २ जना र दलित १ जना गरी २९ जनाका लागि दरखास्त आव्हान गरेको हो।

विज्ञापन प्रकाशन भएको दिन आजदेखि ३० दिनभित्र दरखास्त दिन सकिने आयोगले जनाएको छ । भदौंं १६ देखी भदौं २० सम्म परिक्षा हुने पनि जारी सुचनामा उल्लेख छ । दरखास्तका लागि २ हजार परीक्षा दस्तुर तोकिएको छ भने समावेशी पदका लागि थप ५ सय तिर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्