गोप्य दस्तावेज आफैसँग राखेको भन्दै पूर्वराष्ट्रपति ट्रम्पमाथि मुद्दा

0
Shares

न्युयोर्क (एजेन्सी) । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कठिनाइ कम हुने नाम लिइरहेको छैन ।

अहिले फेरी ट्रम्पविरुद्ध गोप्य डकुमेन्टसम्बन्धी मुद्दा चलाइने भएको छ ।

ह्वाइट हाउस छाडेपछि पनि ट्रम्पले सयौं गोप्य डकुमेन्ट्स आफूसँग राखेको आरोप छ । र, साथै गलत अभिव्यक्ति पनि दिएका छन् । जसकाकारण अनुसन्धान एजेन्सीहरूले ट्रम्पविरुद्ध सात केन्द्रीय आपराधिक मुद्दा दर्ता गरेका छन् ।

डोनाल्ड ट्रम्पले ट्रुथ सोशल मिडिया प्लेटफर्मलाई भनेका छन्, मियामीको संघीय अदालतमा उपस्थित हुनको लागि उनलाई समन प्राप्त भएको छ ।

मिडिया रिपोर्टका अनुसार ट्रम्पले ह्वाइट हाउस छोडेपछि नेशनल अर्काइभ्सले उनी र उनको टोलीले राष्ट्रपतिको रेकर्डसँग सम्बन्धित डकुमेन्ठ्स फिर्ता गर्न माग गरेको थियो । तर, केही महिनापछि करिब २०० वर्गीकृत डकुमेन्ट्समा समावेश भएका कागजातहरू फिर्ता भएका थिए ।

यसैबीच, उनीविरुद्ध नयाँ मुद्दा दर्ता भएपछि ट्रम्पले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा एक पोस्टमा ट्रम्पले लेखेका छन्, ‘अमेरिकी पूर्वराष्ट्रपतिसँग यस्तो घटना हुन्छ भनेर उनले कहिल्यै सोचेका थिएनन् अहिलेसम्मका सबै राष्ट्रपतिहरूमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने र वर्तमान राष्ट्रपतिभन्दा अझै पनि लोकप्रिय व्यक्तिलाई यो भइरहेको छ । म निर्दोष छु ।’