राप्रपा नेपालले विरोध प्रदर्शन गर्दै

0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका वर्गीय संगठनहरूले संयुक्त रूपमा भ्रष्टाचार, कुशासनसँगै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दुराष्ट्रको माग राखेर आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

दिउँसो २ः०० बजे बबलमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनका अनुसार आजको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने समेत उनले बताए ।

नेपाली भूमि सट्टापट्टा नीतिको राप्रपा नेपालले चर्को आलोचना गर्दै आएको छ ।