यस कारण मेयर बालेनले आफ्नो कार्यकक्षमा राखे ‘ग्रेटर नेपाल’ को नक्सा



काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालु को नक्सा राखेका छन्।

भारतले नयाँ संसद् भवनमा नेपाली भूमि समेटिएको ‘अखण्ड भारत’ को नक्सा राखेपछि सोही नक्साको विरोध स्वरूप बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका हुन्।

मेयर बालेन हाल भारतको बैंगलुरूमा छन‍्‍। उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएको महानगर स्रोतले बताएको छ। स्रोतका अनुसार मेयरको कार्यकक्षमा बिहीबार नयाँ नक्सा राखिएको हो।

भारतको हालै उद्घाटित नयाँ संसद् भवनमा नेपालको भूभाग लुम्बिनी र कपिलवस्तु समावेश गरेर नयाँ नक्सा राखिएको छ। सोही नक्साको विरुद्ध नेपालमा व्यापक विरोध भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्