राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता सेमिफाईनलमा


काठमाडौं । 

नेपाल एपीएफ क्लवको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा संचालित ‘१६ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८०’ अन्तर्गत बुधबार विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएका छन् ।

आज सम्पन्न व्याडमिन्टन प्रतियोगिता अन्तर्गत ब्वाईज अन्डरटुभेल तर्फको सेमीफाईनल खेलमा त्रिभुवन आर्मी क्लबका सुदेश राजकोटीले सुहम कार्कीलाई २१–१७, १२–२१, २१–१९ र त्रिभुवन आर्मी क्लबका रिजन मगरले नेपाल एपीएफ क्लबका आरुष सिंखडालाई २१–१३, २१–१३ ले पराजित गरी फाईनलमा प्रवेश गरेका छन् ।

यसैगरी पुरुष एकलतर्फ त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनले नेपाल एपीएफ क्लबका देवराज रानालाई १४–२१, २१–१३, २४–२२ र नेपाल एपीएफ क्लबका प्रिन्स दाहालले नेपाल एपीएफ क्लबकै क्षितिज खनाललाई २१–१५, २१–११ ले पराजित गरी ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् ।

यसैगरी महिला युगलतर्फ नेपाल एपीएफ क्लबकी जेसीका गुरुङ र सुनैना मुखियाले नेपाल एपीएफ क्लबकी पुजा श्रेष्ठ र भोजपुरकी नक्सला तामाङको टिमलाई २१–११, २१–१८ र त्रिभुवन आर्मी क्लबकी रशीला महर्जन र अनुमाया राईको टीमले भोजपुरकी सीता राई र कस्तुरी कलेजकी सीमा राजबंशीको टिमलाई २१–९, २१–१५ ले पराजित गरी फाईनलमा प्रवेश गरेका छन् ।

यसैगरी महिला एलकतर्फ त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले त्रिभुवन आर्मी क्लबकी अमिता गिरीलाई २१–१९, २१–१५ ले पराजित गरी ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा प्रवेश गरेकी छिन् ।

यसैगरी भेट्रान्स युगल ४५ बर्ष माथिका ईभेन्ट्स अन्तर्गत नेपाल एपीएफ क्लबका संजय कपाली र अनिल थाम्सुहाङ्को टिमले स्र्पोट हबका सान बहादुर साम्बा र लाक्पा शेर्पाको टिमलाई २१–१४, २१–१८ ले पराजित गरी फाईनलमा प्रवेश गरेका छन् ।

यसैगरी भेट्रान्स युगल ५५ बर्ष माथिका ईभेन्ट्स अन्तर्गत नेपाल एपीएफ क्लबका प्रेमकुमार श्रेष्ठ र चेतसिंह थापाको टिमले चितवनका बुद्धी चौधरी र धादिङ्गका बिष्णुलाल श्रेष्ठको टिमलाई २१–१२, २१–१२ ले पराजित गरी ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् ।