महोत्तरी ।
रेडक्रस सोसाइटी बर्दिबासले सर्पदंश उपचार केन्द्र बर्दिबासलाई करिब १४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपचार प्रदान गरेको छ ।
गर्मीसँगै सर्पको प्रकोप बढेका बेला रेडक्रसले औषधि राख्न फ्रीज, बिरामीलाई अन्यत्र लैजाँदा प्रयोग गर्न मिल्ने भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री केन्द्रलाई हस्तान्तरण गरेको रेडक्रस बर्दिबासका सभापति सुदिप कार्कीले जानकारी दिए ।
उक्त उपचार केन्द्रमा मधेश प्रदेशसहित बागमती प्रदेशका सिन्धुली, रामेछाप र दोलाखाबाट समेत सर्पदंशमा बिरामी उपचाका लागि आउने सभापति कार्कीले बताए ।
दुई हप्तादेखि बढेको अत्याधिक गर्मीले सर्पदंश उपचार केन्द्रहरु भरिभराउ हुन थालेका छन । संख्यात्मक हिसाबले समेत मधेशमा नै चारवटा मात्र उपचार केन्द्र छन् । बैसाखयता २९ जना सर्पदंशका बिरामीको उपचार गरिएको उक्त उपचार केन्द्रका इन्चार्ज उत्तम कटुवालले जानकारी दिए ।त्यसमध्ये सिन्धुली दुधौली घर भएका दुईजना बालबालिकाको उपचार गर्न ढिलो ल्याइपु¥याउँदा बाटोमा नै मृत्यु भएको थियो भने महोत्तरी रामनगरका एक बालिकाको जनसेवा अस्पतालमा राखेर उपचार भैरहेको छ ।
प्रतिक्रिया