प्रिन्स क्वार्टरफाइनलमा



काठमाडौं । प्रिन्स दाहाल जारी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताको क्र्वाटरफाइनलमा पुगेका छन् ।

मंगलबार नेपाल एपीएफ क्लब, हल्चोकको कभर्ड हलमा एपीएफका प्रिन्सले त्रिभुवन आर्मी क्लबका कबिर केसीलाई २१–७, २१–१२ ले पराजित गरेका हुन् । ‘१६ आँै संस्करणको प्रतियोगिताअन्तर्गत पुरुष एकलका अन्य खेलमा एफिएफका देवराज रानाले नेपाल पुलिस क्लवका हरि राईलाई २१–१३, २१–१०, आर्मीका रुकेश महर्जनले एपीएफका अमन महर्जनलाई २१–१७, २१–१७, पुलिसका सुनिल जोसीले भोजपुरका विशाल तामाङलाई २१–११, २१–१३, एपीएफका क्षितिज खनालले कैलालीका चन्दी्रका कथरीलाई २१–१३, २१–१३ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए । यस्तै पुलिसका जीवन आचार्यले आर्मीका नरेन्द्र बमलाई २१–१६, २१–१९, पुलिसका पूर्ण बहादुर थापाले एपीएफका प्रनिश सिंह ठकुरीलाई १८–२१, २१–१८, २१–१७, पुलिसका बिष्णु कटुवालले एपीएफका भोजबहादुर गुरुङलाई १०–२१, २१–१८, २१–१७ ले हराएर अन्तिम आठमा पुगे ।

यसैगरी महिला एकलतर्फ भोजपुरकी नङ्सला तामाङले कस्तुरी कलेजकी सीमा राजबंशीलाई २१–१२, २१–१६, एपीएफकी जेसीका गुरुङले आर्मीकी रिहाना शेरचनलाई २१–८, २१–६, आर्मीकी अनुमाया राईले एपीएफकी रिना तामाङलाई २१–१७, २९–२७, एपीएफकी सुनैना मुखियाले आर्मीकी बिस्ना बिष्टलाई १६–२१, २१–१३, २१–१८ ले हराएर अर्को चरणको यात्रा तय गरे ।

यस्तै एपीएफकी सोभा गौचनले आमीकी सिस्ना सीर्पालीलाई २१–१३ ,२१–१३, आर्मीकी अमिता गिरीले काभ्रेकी सायरा प्रधानलाई २१–५, २१–३, पुलिसकी नीता लम्सालले सर्लाहीकी निकिता लामालाई २१–१२, २१–१७, आर्मीकी रशीला मर्हजनले एपीएफकी अन्जना राईलाइ २१–११, २१–१२ ले पराजित गरी अर्को चरणमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्