एन्टवेर्पलाई ६६ वर्षमा पहिलो उपाधि



लन्डन, (एजेन्सी) । रोयल एन्टवेर्पले आइतबारको खेल नाटकीयरुपमा समापन भएपछि बेल्जियन लिगको उपाधि जितेको छ ।

टोटनहामका पूर्व डिफेन्डर टोबी एल्डरवीरेल्डले स्टपेज समयमा गोल गरेपछि एन्टवेर्पले यस सिजनको बेल्जियन उपाधि जितेको हो । उपाधि होडमा रेसिङ जेन्क, एन्टवेर्प र युनियन सेन्ट जिलोइस रहेका थिए ।

पहिले जेन्क उपाधि विजेता बन्न तयार भइसकेको थियो । यसपछि युनियन सेन्ट उपाधि विजेता बन्नेतिर थियो । तर, अन्तिम मिनेटमा टोबीले गोल गरेपछि उपाधि विजेता बन्यो एन्टवेर्प ।

जेन्क २–१ को अग्रतामा थियो, खेल समाप्ति हुने लागेको थियो । तर, एल्डरवीरेल्डले ९४ औं मिनेटमा गोेल गर्दा खेल २–२ मा सकिएको थियो । जब एल्डरवीरेल्डद्वारा गोल भयो, त्यसपछि टोलीका सबै खेलाडी, पदाधिकारी र समर्थकले जमेर खुशीयाली मनाएका थिए ।

गत गृष्म सिजनमा कतारी टोलीबाट बेल्जियन टोलीमा आएका एल्डरवीरेल्डले बताए–यसको लागि मसँग कुनै शब्द छैन । हरेकले हामीलाई सकिएको बताएका थिए, हामीविरुद्ध सबै थिए । तर, हामीले कडा मेहनत ग¥यौं, संघर्ष ग¥यौं र हामीले मेहनतको फल पायौं ।

एन्टवेर्प यस सिजनमा जेन्क र युनियनभन्दा एक अंकले अघि भएर उपाधि उचाल्न सफल भयो । जेन्कमा २० यार्डबाट गोल भएपछि घरेलु समर्थक, कोच मार्क भान बोमेल र केही पदाधिकारी मैदानमा गएर खुशीयाली मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्