भद्रकाली र साइपालको जित



काठमाडौं । भद्रकाली र साइपाल एकेडेमीले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा भद्रकालीले स्कोलर्स होमलाई ४३–३७ ले पराजित ग¥यो । भद्रकालीको जितमा प्रतीक राईले २० अंक योगदान गरे । आयुश खड्काको ९ अंक सहयोगमा साइपालले बीएमसीए ‘ए’ लाई २९–२० ले हरायो ।

सिनियर ब्वाइजमै सेन्ट जोसेफले एचएचसीएलाई ५२–४९ तथा बूढानीलकण्ठ आश्रमले नेसनल युनाइटेडलाई ३२–२५ ले पाखा लगाए । सेन्ट जोसेफका निकेश तामाङले २५ तथा बूढानीलकण्ठका रेगन गुरुङले १३ स्कोर गरे ।

सिनियर गल्र्समा एचएचसीएले साइपाललाई ३१–२३ तथा ग्रिनल्यान्डले सेन्ट जेभियर्सलाई २१–१७ ले पन्छाए । एचएचसीएकी प्रमिला लामा तथा ग्रिनल्यान्डकी श्रृषा गुरुङले समान ६–६ स्कोर गरे ।

प्रतिक्रिया दिनुहोस्