नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपीहरूमाथि आज पनि थुनछेक बहस

0
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाका आरोपीहरूमाथि आज पनि थुनछेक बहस जारी रहने भएको छ ।

काठमाडौं जिल्ला अदालतमा हिजोदेखि शुरू भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालासमा शुरू भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका थिए ।

पूर्वउपप्रधान मन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायतका अदालतमा उपस्थित गराएर सरकारी वकिलहरुले थुनछेक बहस गरेका थिए ।

थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने र त्यसपछि पूर्वपक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारे निर्णय हुनेछ ।