गौर नरसंहारको १६ वर्षपछि सुनवाइ हुँदै

0
Shares

काठमाडौं । गौर नरसंहारको १६ वर्षपछि सर्वोच्च अदालतमा सुनवाइ शुरू भएको छ । सुनवाइ आज (सोमबार) देखि शुरू भएको हो ।

सो नरसंहारको दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित हिजो (आइतबार) दर्ता भएको रिटमा आज सर्वोच्चमा सुनवाइ हुन लागेको हो ।

जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदासमेत छानबिन नभएपछि पीडितका परिवार तथा आफन्तले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई विपक्षी बनाएर दायर रिटमा आज देखी सुनवाइ हुन लागेको हो । रिटमा तत्काल अन्तरिम आदेश माग गरिएको छ ।

शान्ति प्रक्रियामाा आएको तत्काकालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमले गौरस्थित राइस मिल चौरमा एकैपटक कार्यक्रमको आयोजना गरेपछि भएको झडपमा २७ जनाको मृत्यु भएको थियो ।

सो घटनामा सग्लन भएको भन्दै तत्कालीन फोरम अध्यक्ष उपेन्द्र यादवमाथि कारबाही हुनुपर्ने माग राख्दै दिएको निवेदन जिल्ला प्रहरी कार्यालय, रौतहटले सम्बोधन नगरेपछि सो घटनाका पीडित तथा आफान्तहरू सर्वोच्च अदालत पुगेका हुन् ।