संघीय संसद्को दुवै सदनको बैठक बस्दै

0
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत माथिल्लो सदन राष्ट्रिय सभा र तल्लो सदन प्रतिनिधि सभाको बैठक बस्दैछ । दुवै सदनको बैठक आज (सोमबार) विहान ११ बजे बस्ने भएको हो ।

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । हिजो (आइतबार) प्रतिपक्षी एमाले, राप्रपा, रास्वपा र नेमकिपा लगायतका दलहरूले संसद् अवरुद्ध गरेपछि बैठक स्थगित गरिएको थियो ।

प्रतिपक्षी दलका सांसदहरूले सदनभित्रै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक एक घण्टाका लागि स्थगित गरेका थिए । तर, दलहरूबीच सहमति हुन नसकेपछि बैठक स्थगित भएको थियो ।

आज बस्ने प्रतिनिधि सभाको बैठक सञ्चालनका लागि सभामुखले दलहरूसँग छलफल गर्नेछन् ।

त्यसैगरी राष्ट्रिय सभाको बैठक भने दिउँसो १ बजे बस्नेछ । दुवै सदनको बैठकमा गत १५ गते डा.अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने तयारी गरिएको छ ।